रामगोपालपुरका वडाध्यक्ष कल्भर्टमा मृत फेला
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत फेला परेका छन् ।
जलेश्वर बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरहीस्थित सडकको कल्भर्टमा उनको शव भेटिएको हो । प्रहरीका अनुसार घटनास्थलनजिकै उनी चढ्ने लु प्र–०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ ।
घटना शंकाश्पद रहेको र प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । यता, रामगोपालपुरका मेयर रामदुलार साहले अहिले शव घटनास्थलमै रहेको र केहीबेरमै पोस्…