ताप्लेजुङको फाइनलमा सिरहा र मोरङका क्लब भिड्दै, हौसला बढाइदिन दर्शकलाई आग्रह
दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ को फाइनल भोलि भानु मावि तप्लेजुङको खेल मैदानमा हुँदै छ । सलहेश युवा क्लब सिरहा र सगरमाथा युथ क्लब मोरङबीच हुने खेलमा दुबै टिमले विजयी हुने दाबी गरेका छन् ।
सदरमुकाममा आज लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै टीमका प्रशिक्षक र क्याप्टेनले आफूलाई अब्बल दर्जाको घोषित गरेका छन् । दुबै टीममा ‘ए’ डिभिजनका खेलाडी छन् ।
उनीहरुले टिमको खेल विकासमा सरकारी सहयोग नरहेको र आफ्नै बलबुताले खेलको…