भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी
काठमाडौंमा ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । भदौ २१ गतेदेखि २३ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको बताइएको छ ।
प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुन लागेको हो । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराइले तेस्रो पटक आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका डेढ सयभन्दा बढी स्टल रहने जानक…