समाचार

प्रधानमन्त्री पत्नीलाई अमेरिकी प्रथम महिलाको स्वागत

अमेरिकी प्रथम महिला तथा राष्ट्रपति जो बाइडेनकी श्रीमती डा. जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालकी प्रथम महिला तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी हुनुभएको छ । डा. जिल वाइडेनद्वारा न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा भाग लिने क्रममा त्यहाँ रहेका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका पत्नी एवम् प्रथम महिलाहरुको स्वागतमा कार्यक्रम आयोजना गरिएको हो ।

Page 713 of 2000