समाचार

काठमाडौँका ‘दशैँ अफर’ गेट हटाइयो

नजिकिँदो चाडपर्वलाई लक्षित गरी ग्राहक तान्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा व्यापारीहरुले राखेको गेट हटाइएको छ ।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र राखिएका त्यस्ता गेटहरु हटाएको हो । महानगर प्रहरी बलले आज वडा नम्बर-१४ कुलेश्वर क्षेत्रमा 'दशैँ अफर' लेखिएको पसलबाहिरका केही गेट निकालेको छ ।  आफ्नो व्यापार बढाउन अनाधिकृत रुपमा विज्ञापन गरिएकाले हटाउनुपरेको महानगरले जनाएको छ ।

Page 711 of 2000