उपत्यकामा २१ को निधन,पाँच बेपत्ता
अविरल वर्षापछिको बाढी पहिरो र डुबानमा परेर राजधानी उपत्यकाका तीन जिल्लामा हालसम्म २१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार पाँच जना बेपत्ता छन् भने नौ जना घाइतेको उपचार भइरहेको छ ।
हालसम्म साढे सात सय जतिको उद्धार गरिएको र पाँच हजार नेपाल प्रहरी परिचालन भएको जनाइएको छ । उद्धारका लागि नेपाल प्रहरीसँग जम्मा दुई वटा डुंगा भएकाले ठमेलस्थित र्याफ्टिङ कम्पनीहरुसँग मागेर आठ वटाबाट काम चलाइएको बुझिएको छ । सरकारले प्लास्टिकको डुंगासमेत पर्याप्त नजुटाइदिँदा ३६ घण्टाको …