माओवादी नेताका स्वकीयमाथि ‘अल्छि तिघ्रो, स्वादे जिब्रो’ को आरोप
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा उमेर हद लगाउने कि खुला राख्ने भन्ने विषयमा भएको निर्वाचनपछि उक्त विवाद झन् चर्केको छ । उमेर हदको पक्षमा बहुमत देखिएपछि क्रान्तिकारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष केशव रावलले पार्टी नेताहरुले नै गुटबन्दी, धाँधली गरेको आरोप लगाएका छन् ।
उनले पार्टी उप महासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको निर्देशनमा गुठियायारहरु (गुट) ले गरेको धाँधली, गुटको गोटी मुक्ति प्रधानलाई बुझाएको र उजुरी उपर छलफल नै …