गेष्टहाउसमा क्यासिनो, नियामक निकाय मौन !
भैरहवाको एउटा गेष्ट हाउसमा क्यासिनो सञ्चालन भएको वर्षौं भइसकेको छ । पर्यटकीय सहरको रुपमा परिचित भैरहवाको मुख्य बजार, देवकोटा चोकमा रहेको सामान्य होटलमा सञ्चालित क्यासिनो विवादमा आएको छ ।
भैरहवाको मुख्य बजार देवकोटा चोक नजिकैको गेस्ट हाउस जस्तै संरचना भएको होटल लाकौलमा विगत १० वर्षदेखि क्यासिनो सञ्चालन भइरहेको छ । उक्त क्यासिनोमा न प्रहरी चेकजाँच हुन्छ न नियामक निकायको अनुगमन नै । होटलमा २५ कोठा रहेको बताइन्छ ।
क्यासिनो नियमावली २०७० र अन्तिम पटक २०७६ साउन…