एमाले अध्यक्ष तथा प्रधानमन्त्रीलाई खुइल्याउन कस्सिएकाहरु निष्कासित
नेकपा एमालेबाट निकालिएका डा.भीमबहादुर रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा लागेको भन्दै एमाले अछाम जिल्ला कमिटीका आधा दर्जन नेता कारबाहीमा परेका छन् । रावलले थालेको अभियानलाई समर्थन गर्दै पार्टी नेतृत्व केपी शर्मा ओलीलाई खुइल्याउने, संस्थागत निर्णयका विरुद्ध जाने, पार्टीविरुद्ध अभिव्यक्ति दिने तथा अनुशासनको अवहेलना गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको छ ।
‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यममा पार्टीकै पदीय भूमिकामा रहेका केही सदस्यहरुबा…