भीम रावलले खुलाए एमाले ‘बामाले’ बन्नुको कारण
एमालेबाट निकालिएका डा. भीमबहादुर रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’ चलाइरहेका छन् । सौराहा महाधिवेशनमा अध्यक्षमा उममेदवारी दिएदेखि नै अध्यक्ष केपी शर्मा ओलीको निशानामा परेका उनलाई एमालेको पुस १० गते बसेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । त्यसको केही दिनपछि पत्रकार सम्मेलन गरेका उनले छ महिनाभित्रै नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन् ।
अहिले आन्तरिक गृहकार्यमा रहेका उनी गृहप्रदेश सुदूरपश्चिममा व्यस्त छन् । त्यसअघि …