आन्दोलित शिक्षकहरु थप उग्र, १२ को परीक्षामा सहभागी नहुन महासंघको निर्देशन
नेपाल शिक्षक महासंघले पर्सिदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुन देशभरका प्राधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले निजामति कर्मचारी खटाएर भएपनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कडा निर्देशन दिएका हुन् ।
आन्दोलनको २१ औं दिनको कार्यक्रलाई सम्बोधन गर्दै उनले भने, ‘बोर्डले निजामति कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भनेको रहेछ, त्यो उसको कुरा हो । त…