भ्रष्ट डिजीसँगै पूर्वमन्त्रीको सात पुस्ते तयार

भ्रष्ट डिजीसँगै पूर्वमन्त्रीको सात पुस्ते तयार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचारको आरोप झेल्दै अख्तियार धाइरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँगै पूर्व पर्यटनमन्त्रीहरु पनि क्रमशः तानिँदैछन् । पहिले परियोजना प्रमुख र अहिले महानिर्देशक रहेका अधिकारीको संलग्नता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अरु सबैजसो विमानस्थलको निर्माण, स्तरोन्नति तथा जग्गा खरिदमा हुनसक्ने संकेतसहित संसदीय उपसमितिले हालै तयार पारेको प्रतिवेदन बुझाइसकिएको छ । अधिकारीको बदमासी प्राधिकरणको सिनामंगलस्थित नयाँ भवन निर्माणमा समेत जोडिएको उजुरी परेपछि अख्तियारले पोहोरदेखि थालेको अनुसन्धान नेताहरुले भागशान्ति गरिसकेका कारण हल न चलको अवस्थामा छ ।

यसवीच प्राधिकरणका कर्मचारीहरुले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापतिलाई सम्बोधन गर्दै वैशाख ४ गते पेश गरेको निवेदनमा अधिकारीको ग्राण्ड डिजाइनमा तत्कालीन मन्त्री प्रेमबहादुर आलेको प्रत्यक्ष संलग्नतासहित धनगढी विमानस्थलमा गडबडी गरिएको ब्यहोरा उल्लेख छ । उनीहरुले त्यसप्रकरणको विस्तृत छानबिन र अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

आलेले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ,बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना स्वकीय सचिव हेमन्त रेग्मी,निजको फुपुको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशीसमेतको मिलेमतोमा विमानस्थल आसपास जग्गा खरिद गरेको ।’ बिचौलिया अमित श्रेष्ठ मेगा बैंक मर्ज भएपछि नबिल बैंक पुगेका र पछिल्लो समय साउनदेखि ऊर्जामन्त्री दीपक खड्काको सल्लाहकारको रुपमा मन्त्रालयमा काज खटिएका छन् ।

कर्मचारीहरुले डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले र अधिकारीले धनगढी विमानस्थल विस्तारका नाममा करोडौं चलखेल गरेको उल्लेख गर्दै लेखेका छन्, ‘निजले व्यक्तिगत कम्पनी (अशोक जोशी र हेम पन्तको नाममा) खडा गर्दै जग्गा खरिद गरेका छन् । आलेले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ,बिटुमिन ठेकेदार तथा बिचौलिया पवन गुप्ता र आफ्ना स्वकीय सचिव हेमन्त रेग्मी,निजको फुपुको छोरा घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशीसमेतको मिलेमतोमा विमानस्थल आसपास जग्गा खरिद गरेको ।’ बिचौलिया अमित श्रेष्ठ मेगा बैंक मर्ज भएपछि नबिल बैंक पुगेका र पछिल्लो समय साउनदेखि ऊर्जामन्त्री दीपक खड्काको सल्लाहकारको रुपमा मन्त्रालयमा काज खटिएका छन् ।

विमानस्थल क्षेत्र विस्तारको घोषणाअघि उनीहरुले सो क्षेत्रमा जग्गा किनेको चर्चा चलेको थियोे । अशोक जोशी र हेम पन्तको नाममा कम्पनी खडा गरेर मन्त्री भएकै मौकामा मन्त्रालय मातहत प्राधिकरणको मेगा बैंकमा रहेको मुद्दती खातामा एक अर्ब रुपैयाँ जम्मा गर्न लगाइएको उनीहरुको दावी छ । उक्त समयमा आलेको समूहले विमानस्थल वरपर प्रति कठ्ठा साढे १२ लाखका दरले जग्गा किनेको तर पछि ५० लाख प्रति कठ्ठाका दरले बेच्ने योजना बनाएको अवस्थामा पदमुक्त भएका थिए ।

त्यसअघि २०७८ पुस ११ गते मन्त्री आलेको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले धनगढी विमानस्थल विस्तारमा एक अर्ब बजेट विनियोजनको निर्णय गरेको थियो । सोही समय धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मीटरको धावनमार्गलाई २ हजार ५ सय मीटरको बनाउने निर्णयसमेत भएको देखिन्छ । विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न जमिन अधिग्रहणका लागि स्रोत सुनिश्चित नै नगरी उक्त समयमा बजेट विनियोजन गरेर प्रशासनिक खर्चको नाममा झण्डै ३० करोड रकम स्वाहा पारिएको स्रोतको दावी छ ।

संसदीय समितिमा दर्ता गरिएको उजुरीमा लेखिएको छ, ‘तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिको २०७७ पुस ११ गतेको बैठकबाट प्राधिकरण र प्राविधिक कर्मचारी लगायत सन्चालक समितिलाई दबाब दिएर आफू निकट प्राविधिकबाट स्थलगत निरीक्षण तथा चेक जाँचसमेत गराई उक्त विमानस्थलको गुरुयोजनासमेत स्वीकृत गराएको ।’

 

टिप्पणीहरू