मीटरब्याज पीडितसँग निवेदन माग
अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मीटरब्याज पीडितसँग निवेदन मागेको छ । पीडितहरुलाई सम्बोधन गर्दै आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनेको हो ।
कर्जा लिने र दिने व्यक्तिबीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरुको शुरुदेखि हालसम्मको अवस्था यथार्थ खुल्नेगरी निवेदन दिन आयोगले आग्रह गरेको छ । मीटरब्याज पीडितहरुको यथार्थ समस्या समाधानका लागि तथ्याङ्क संकलन र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले निवेदन माग गरिएको आयोगले जनाएको छ …