ओली न हुन्,दूधको झिङ्गा बनाइरहन्छन्
नेकपा एमालेको संस्थापन खेमामा विद्रोह भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीदेखि ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठ,राजेन्द्र गौतम हुँदै अग्नि खरेल र गोकुल बाँस्कोटासम्म पनि अध्यक्ष केपी शर्मा ओलीको टिमबाट बाहिरिएका छन् । ओली,पद्मा अर्याल र पृथ्वीसुब्बा गुरुङबाहेक धेरैजसो चुनावमा जित्न नसक्ने पात्रका रूपमा चिनिन्छन् ।
पार्टीको आन्तरिक समीकरणमा निरन्तर ओलीलाई साथ दिँदै आएका ज्ञवाली महासचिवको आकांक्षी थिए । तर, शंकर पोखरेललाई नै दोहोर्याउन खोजेपछि एक हप्तादेखि नै असन्तुष्ट रहँदै आए…