च्यासलमा अध्यादेश पारितको रणनीतिबारे छलफल गरिँदै

च्यासलमा अध्यादेश पारितको रणनीतिबारे छलफल गरिँदै

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आज दिउँसो २ बजे बस्ने  बैठकमा सरकारले ल्याएका छ वटा अध्यादेश संसदबाट पारित गराउने सम्बन्धमा छलफल गर्न लागिएको बताइएको छ ।  

बैठकले त्यसका लागि अन्य राजनीतिक दलहरुसँग संवाद अघि बढाउने निर्णय गर्ने बुझिएको छ । त्यसैगरी समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयबारे पनि छलफल गरिँदै छ । 

अस्ति राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकले अध्यादेश पारित गराउन आवश्यक सबै पहल गर्ने निर्णय गरेको थियो । भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्नुपर्ने  संयन्त्रको बैठकको निर्णय छ ।

टिप्पणीहरू