पोखरा

दिवंगत पूर्वमन्त्री विरुद्धको दोषको भार श्रीमतीमाथि

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमितता प्रकरणमा अरु चारजना पूर्वमन्त्रीसँगै स्वर्गवासी पूर्वमन्त्री पोष्टबहादुर बोगटीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विमानस्थल निर्माणमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले दिवंगत बोगटीसहित ५ जना तत्कालीन मन्त्रीलगायत ५५ जना तथा निर्माण सम्झौता गर्ने कम्पनीविरुद्ध मुद्दा लगाएको छ ।  चीनको चाइना सीएएमसी कम्पनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्…