पोखरामा संगठन बिस्तार गर्दै राप्रपा नेताहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही नेता पोखरा पुगेका छन् । उनीहरु गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ गएको बताइएको छ ।
भेलामा सहभागी हुन पार्टी अध्यक्ष राजेन्द्र लिंगदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत सात जनाको टोली बिहान काठमाडौंबाट पोखरा पुगेको हो । राप्रपा टोली बिहान ९ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गरेको थियो ।


टिप्पणीहरू