मुख्यमन्त्रीको भेला उद्घाटन गर्न प्रधानमन्त्री पोखरामा

मुख्यमन्त्रीको भेला उद्घाटन गर्न प्रधानमन्त्री पोखरामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुग्नुभएको छ । हवाई मार्ग हुँदै उहाँ आज बिहान पोखरा जानुभएको हो । 

बुद्ध एयरको उडान नम्बर बिएचए-६०९ मा प्रधानमन्त्री प्रचण्ड साढे ११ बजे काठमाडौँबाट पोखरा उड्नुभएको बताइएको छ । १५ जनाको टोली लिएर पोखरा पुग्नुभएका प्रधानमन्त्रीले आज त्यहाँ आयोजना हुने मुख्यमन्त्रीहरुको भेलाको उद्धघाटन गर्नुहुने छ । 

गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुँदैछ ।

टिप्पणीहरू