सर्भर विदेशमा राखेर नेपालमा कारोबार गर्नेहरु राजश्वको फन्दामा
अवैधरुपमा कम्प्युटर प्रणालीको सर्भर विदेशमा राखेर नेपालमा कार्गो तथा कुरियर व्यवसाय गर्नेहरु कर छलीको आरोपमा राजश्वको फन्दामा परेका छन् ।
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका उपकार्यकारी निर्देशकसहित ६ जना सञ्चालक तथा शेयरधनीलाई राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
उक्त कम्पनीका उपकार्यकारी निर्देशक सर्लाहीका संगम पौडल, शेयरधनी तथा सिईओ झापाका गंगाबहादुर थापा, शेयरधनी तथा सञ्चालकहरु गुल्मीका जीवन ज्ञवाली, रुपन्देहीका सुदिप …