समिट एअरले ओसारेकै हो त सुन ?

समिट एअरले ओसारेकै हो त सुन ?

सुन तस्करी प्रकरणका कारण मुलुक तरंगित छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार भइरहेको सुन तस्करीले त्यहाँभित्र ठूलै चलखेलको पुष्टि गर्छ ।

केही समयअघि मात्रै राजश्व अनुसन्धान विभागले विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो । यसबीच काठमाडौं जिल्ला अदालतले सुन तस्करीमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ । 

उक्त घटना सेलाउन नपाउँदै मध्यपश्चिमको पहाडी भूभागतिर उडान गर्ने एक एअरलायन्समाथि सुन ओसारपसारको आरोप लागेको छ । कर्णाली प्रदेशमा उडान गर्दै आएको समिट एअरलायन्समार्फत् सुन चिनियाँ नाकाबाट नेपालगञ्जतर्फ ल्याइने गरेको स्रोतले बतायो ।

मनोज कार्की सिइओ भएको एअरलायन्सले डोल्पा, जुम्ला, सिमिकोट, सोलुखुम्बुलगायत हिमाली जिल्लामा उडान गर्दै आएको छ । सेक्युरिटी चेकजाँचमा त्यति कडाइ नगरिने भएकाले हिमाली जिल्लाबाट जडिबुटीमा मिसाएर सुन ल्याउन सजिलो पनि हुन्छ । 

– हिमलाल शाही, मुगु

टिप्पणीहरू