सुवास नेम्वाङ

सुवासका उत्तराधिकारी बन्लान् त सुहाङ ?

इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । नेम्वाङको भर्खरै मात्र शुद्ध्याइँ (फजे) सकिएको छ । प्रतिनिधिसभालाई सभामुख देवराज घिमिरेले सो क्षेत्रको सांसद पद रिक्त भएको जानकारी गराएसँगै यहाँको निर्वाचन र उम्मेदवारबारे चर्चा शुरु भएको हो । ०५६ सालदेखि नेम्वाङले निरन्तर विजय हासिल गर्दै आएका थिए । निधनपछि उनको कार्यभार पूरा गर्न कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाइनुपर्ने बताउन थालिएको छ । राजन…