नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने सरकारको निर्णय

नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने सरकारको निर्णय
सुन्नुहोस्

सरकारले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिइने छ । 

आज राति बालुवाटारस्थित निवासको बाथरुममा लड्नुभएका नेम्वाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राति पौने २ बजे निधन भएको हो । श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर भोलिसम्म पार्टी कार्यालय च्यासलमा राखिने जनाइएको छ । विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

उहाँ इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

टिप्पणीहरू