नेताहरु बिहानैदेखि कोही पूर्व, कोही पश्चिम

नेताहरु बिहानैदेखि कोही पूर्व, कोही पश्चिम

विभिन्न दलका नेताहरु आज बिहानैदेखि राजधानीबाट बाहिरिएका छन् । पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिहान ७ बजे बुद्ध एअरको उडानमा पोखरा जानुभएको छ । उहाँसँगै सोही उडानमा पूर्वमन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेल पनि त्यता जानुभएको बताइएको छ ।
 
बुद्ध एअरको उडानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहान पौने ९ बजे जनकपुर प्रस्थान गर्नुभएको छ । उहाँसँगै सोही उडानमा पूर्वमन्त्री तथा माओवादी नेता गिरिराजमणि पोखरेल र एमाले सविच तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ पनि जनकपुर जानुभएको बुद्ध एअर स्रोतले बताएको छ । 

त्यस्तै काँग्रेस नेता एवम् पूर्वमन्त्री सुनिल थापा र ज्ञानेन्द्रबहादुर कार्की पनि आजै बिहान सवा ९ बजे बुद्ध एअरको उडानमा विराटनगर प्रस्थान गर्नुभएको हो । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल, मुस्लिम आयोगका सदस्य अर्सफ बेग बुद्ध एअरको साढे ९ बजेको उडानमा काठमाडौंबाट भैरहवा जानुभएको छ ।
 

टिप्पणीहरू