राष्ट्रपतिमा भोट माग्न दलबलसहित सुवास नेम्वाङ आलोकनगरमा

राष्ट्रपतिमा भोट माग्न दलबलसहित सुवास नेम्वाङ आलोकनगरमा

राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर भोट मागेका छन् । नेपालसहित समाजवादीका अन्य नेताहरुसँग आज सामूहिक भेटघाटगरी उनले आफूलाई मतदान गरिदिन आग्रह गरेका हुन् ।  

भोट माग्न एकीकृत समाजवादीको पार्टी मुख्यालय आलोकनगर पुगेका नेम्वाङले समाजवादीका अध्यक्ष नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग भेटघाट गरेका थिए । नेम्वाङ एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेतालाई लिएर समाजवादीको कार्यालयमा पुगेका हुन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनका तर्फबाट काँग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । माधव नेपाल स्वयं पौडेलको प्रस्तावक हुन् । यसअघि एमाले अध्यक्ष केपी ओलीले नेपाललाई पत्र लेखेर नेम्वाङको पक्षमा भोट हाल्न आग्रह गरेका थिए ।

टिप्पणीहरू