मुकुलले आँखा झिम्क्याउनेबित्तिक्कै घण्टीमा पद बाँडफाँट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई पूर्ण जिम्मेवारी दिएको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा.स्वर्णिम वाग्लेको प्रस्तावमा महामन्त्रीमा बुर्लाकोटी र प्रवक्तामा झालाई नियुक्तिको निर्णय गरेको जनाइएको छ । मुकुल ढकाल पार्टीबाट बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रूपमा रहेका थिए ।
शुक्रबारमात्र निर्वाचन आयोगले आयोगको अध्यावधिक विवरणअनुसार ढकाल नै रास्वपाको महामन्त्रीका रुपमा रहेको जानकारी दिएको …