रविबिनै तेस्रो स्थापना दिवस मनाउँदै रास्वपा
सभापति कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा राजधानीको माइतीघर मण्डलामा कार्यक्रम गर्ने भएको छ ।
‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद’ भन्ने नारासहित रास्वपाले पर्सि शनिबार असार ७ गते आफ्नो तेस्रो स्थापना दिवस मनाउन लागेको हो ।
बिहान ९ बजेदेखि कार्यक्रम शुरु हुने रास्वपाले जनाएको छ । त्यसैगरी, रास्वपाले देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउन आह्वान गरेको छ । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा कारागारमा रहेका उनीविरुद्ध पर्सा जिल्ला अदालतमा पाँचौं मुद्दा दर्ता भएको छ । यता,उनले कारागार स्थान्तान्तरणका लागि दिएको निवेदन कारागार व्यवस्थापन विभागमा अलपत्र छ ।
टिप्पणीहरू