रास्वपाका माननीयहरु वनस्थलीदेखि बैंगलोरसम्म

रास्वपाका माननीयहरु वनस्थलीदेखि बैंगलोरसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद द्वय सोविता गौतम र हरि ढकाल भारत जाँदैछन् । उनीहरु आज साँझ बैंगलोर जान लागेका हुन् ।

पार्टीको कर्नाटक राज्य भेलालाई सम्बोधन गर्न उनीहरु त्यता जान लागेको बुझिएको छ । उनीहरुले भोलि बैंकटेस पुराको कमनहल्लीस्थित रामा टेम्पल हलमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइन्छ । 

त्यसअघि उनीहरु आज माइतीघर मण्डलामा आयोजना हुने पार्टी स्थापनाको कार्यक्रममा सहभागी हुँदैछन् । अहिले वनस्थलीस्थित घण्टीघरमा जारी केन्द्रीय समितिको बैठक सकेर सबै सांसदहरु माइतीघर जान लागेका हुन् । माइतीघरको कार्यक्रम सकेर सांसदहरु सिधै संसद भवन पुग्ने बताइएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनमा र उच्चस्तरी छानविनको माग गर्दै संसद अवरोध गर्दै आएका उनीहरु आज पनि नाराबाजीसहित प्रस्तुत हुने र बैठक बहिष्कार गर्नेसम्मको रणनीतिमा छन् । 

प्रतिनिधिसभा बैठक सकेर सांसद गौतम र ढकाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतिर लाग्ने पार्टीका एक नेताले जानकारी दिए । 

टिप्पणीहरू