उच्च अदालत

अदालतको आदेशसँगै खेलकुदका अध्यक्ष पुनर्बहाली

उच्च अदालत, विराटनगरबाट पुनर्बहाली भएसँगै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङले कार्यभार सम्हालेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेत (कृष्ण)ले निर्णयबाट हटाइएका उनी अदालतको आदेश लिएर पदमा फर्किएका हुन् । तामाङले हिजो कार्यालय पुगेर कार्यभार सम्हाले ।  २०८० चैत २३ गते चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका तामाङलाई सदस्य सचिव बस्नेतले गत भदौ ६ गते पदबाट हटाएर नेकपा एमालेनिकट सुरज श्रेष्ठलाई नियुक्त गरेका थ…