अदालतको आदेशसँगै खेलकुदका अध्यक्ष पुनर्बहाली

उच्च अदालत, विराटनगरबाट पुनर्बहाली भएसँगै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङले कार्यभार सम्हालेका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेत (कृष्ण)ले निर्णयबाट हटाइएका उनी अदालतको आदेश लिएर पदमा फर्किएका हुन् । तामाङले हिजो कार्यालय पुगेर कार्यभार सम्हाले ।
२०८० चैत २३ गते चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका तामाङलाई सदस्य सचिव बस्नेतले गत भदौ ६ गते पदबाट हटाएर नेकपा एमालेनिकट सुरज श्रेष्ठलाई नियुक्त गरेका थिए । पदच्यूत भएपछि तामाङ्गले उत्प्रेषणयुक्त परमादेशको माग गर्दै उच्चमा रिट दायर गरेका थिए । न्यायाधीशद्धय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले पुनर्बहाली गर्न आदेश दिएको हो ।
यद्यपि, तामाङ्गले सदस्य सचिव बस्नेत र बोर्डविरुद्ध दायर गरेको अवहेलनासम्बन्धी मुद्दा भने उच्चले मागदाबी नपुगेको भन्दै खारेज गरिदिएको छ ।
यसबीच भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले निराशाजनक नतिजा ल्याएको छ । बागमती प्रदेश ३६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेकोमा कोशी शून्य स्वर्ण पदकसहित सातौं स्थानमा झरेको छ ।
खेलकुदको यस निराशाजनक अवस्थाको मुख्य कारण सदस्य सचिव बस्नेत रहेको बताइन्छ । उनले पेशागत र संस्थागत दृष्टिकोणभन्दा पनि राजनीतिक आग्रहलाई प्राथमिकता दिएकाले सो अवस्था बनेको आरोप लगाइएको छ ।
उनी स्वयं एमालेनिकट खेलकुद महासंघका अध्यक्ष हुन् । अभ्यासका लागि पर्याप्त समय नदिई हतारमा तयार पारिएको टोलीमा १०८ खेलाडीसहित ११५ जनाको प्रतिनिधिमण्डल राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन काठमाडौं पठाइएको थियो ।
पूर्व सदस्य सचिव हंसराज वाग्ले कार्यरत हुँदा कोशी प्रदेशले १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ९ रजत र ९ कांस्य पदकसहित २६ पदक जित्दै चौंथो स्थान हासिल गरेको थियो । यसपालि दुई करोड रुपैयाँभन्दा बढी खर्च भएपनि खेलकुदको परिणाम अत्यन्त निराशाजनक बनेकोप्रति धेरैले प्रश्न उठाएका छ
टिप्पणीहरू