पल शाहले पाए सफाई, अब जेलमुक्त

पल शाहले पाए सफाई, अब जेलमुक्त

उमेर नपुगेकी किशोरी बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाई दिएको छ । आज न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग नपुग्ने ठहर सुनाएपछि उनले सफाइ पाएका हुन् । 

उच्चको यो आदेशसँगै थुनामा बसेर मुद्दा पुर्पक्ष गरिरहेका शाह रिहा हुनेछन् । बलात्कार आरोपमा थुनामा पठाउने जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि माघ ३ गते उनै किशोरीले दायर गरेको अर्को मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो । तर, नवलपुर जिल्ला अदालतले भने बलात्कारको मुद्दामा मागदावी नपुग्ने आदेश दिएपनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

टिप्पणीहरू