काँग्रेसको बैठकमा केपीको बचाउ
निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा आफू जिम्मेवार नरहेको दाबी गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बचाउ गरेका हुन् ।
भदौ २३ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। त्यस घटनाबारे पार्टी बैठकमा ‘ब्रिफिङ’ दिँदै लेखकले भने, ‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय नै होइन, दिनु पनि पर्दैन। मैले…