एनसेलको आगमन कलमा कुरा गर्दा ट्याब्लेट उपहार

एनसेलको आगमन कलमा कुरा गर्दा ट्याब्लेट उपहार

एनसेलले आफ्ना ग्राहकले मलेसियाबाट आएको आगमन कलमा कुरा गर्दा ट्याब्लेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आजदेखि शुरु भएको चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो योजना ल्याएको हो ।

आगामी १० दिनसम्म सञ्चालनमा रहने यो योजनामा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १÷१ वटा फिल्पकेस र टी–पेनसहितको टीसीएल ट्याब टेन एस पाउने छन् ।

आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानीको समयको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने जनाइएको छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताले नेपालमा फोन गरे यहाँ रहेका नातेदार तथा साथीभाइले ट्याब जित्ने मौका पाउने छन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुने छन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस समेत प्राप्त गर्ने छन् ।

एनसेलका ग्राहकले १७१२६ डायल गरेर उक्त सेवा निःशुल्क सुचारु गर्न सक्ने छन् । यसरी प्राप्त बोनस रकम तीन दिनको लागि मान्य हुनेछ । बोनस रकम एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिन्छ ।

बिजेतालाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिरका एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार ट्याब्लेट हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

यसैबीच विश्वभरका नेपालीलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्न लागिएको छ । नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि शुरु हुने कार्यक्रममा गायक कालीप्रसाद बास्तोलाले आफ्ना प्रस्तुती प्रस्तुत गर्नेछन् ।

टिप्पणीहरू