नेपालप्रति पौडेलको आरोप

नेपालप्रति पौडेलको आरोप

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सार्वजनिक कार्यक्रममा त्यति नदेखिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले आज रुपन्देहिमा पत्रकारहरुसँग भएको भेटमा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो रहेको पार्टीलाई पहिलो हैसियतमा स्थापित गराएको कुरा माधव नेपाललाई मन नपरेको आरोप लगाएका छन् ।

१५ वर्ष पार्टीको नेतृत्व गर्दा माधव नेपालले तत्कालीन एमालेलाई पहिलोबाट तेस्रो पार्टी बनाउनुभयो । अहिले उहाँलाई तेस्रो पार्टी पहिलो भएको मन परेको छैन । तेस्रो भएको पार्टीलाई केपी ओलीले पहिलो बनाउने तर उहाँ यसलाई तेस्रो चौथो पार्टी बनाइदिन्छु भन्ने मनासयका साथ लाग्नुभएको छ,’ उनले भने ।

पौडेलले नेकपा पहिलो पार्टी बनेको नेपाललाई मन नपरेकाले विभाजनको धन्दा चलाउँदै हिँडेको आरोप समेत लगाएका छन् । नेपालले नेकपा पहिलो बनेको मन नपरेर विभाजनकारी गतिविधि सञ्चालन गर्नुभएको र १५ बर्षसम्म लगातार नेतृत्वमा रहदा पार्टीलाई तेस्रो स्थानमा पु¥याएको आरोप लगाँउदै अहिले पनि पार्टि फुटाउने कुरामा निसङ्कोच गर्व गर्दै हिडको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न लागेको आरोप समेत पाडेलले नेपाल माथि लगाएका छन् ।

पौडेलले नेपालकै कारण २०५४ सालमा एमाले विभाजन भएको र उहाँ अलिकति लचिलो भईदिएको भए एमाले त्यतिबेला विभाजनबाट रोकिने समेत बताएका छन् ।

टिप्पणीहरू