अख्तियार प्रमुखलाई मार्छु भन्दाभन्दै फिलिपिन्सबाट पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यानको धम्की दिने प्रकाश पाठक फिलिपिन्सबाट पक्राउ परेका छन् । उनलाई फिलिपिनो आप्रवासन ब्युरोको फ्युगिटिभ (भगौडा) सर्च युनिटले बुलाकान्त प्रान्तको मालोलोस शहरमा समातेको बताइएको छ ।
इन्टरपोलको निगरानी र खोजीमा रहेका पाठकलाई पक्राउ गरिएको फिलिपिनो प्रहरीले जनाएको छ । फिलिपिन्स राष्ट्रिय प्रहरीसँगको संयुक्त कारबाहीमा ३३ वर्षीय प्रकाश पाठकलाई डिसेम्बर ३१ मा मालोलोस सिटीको बाराङ्गाय क्याटमोनस्थित पासेओ दे कङ्ग्रेसो क्षेत्रबाट पक्राउ गरिए पनि आज बल्ल रिपोर्ट सार्वजनिक गरिएको हो ।
सेन्टर अन ट्रान्सनेशनल क्राइमसँगको समन्वयमा पक्राउ परेका पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले एक महिनाअघि आपराधिक विश्वासघात आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । डिसेम्बर १२ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी डिफ्युजन नोटिससमेत जारी गरिएको थियो।
अध्यागमन अभिलेखअनुसार पाठक अगष्ट १८, २०२५ मा फिलिपिन्स प्रवेश गरेका थिए । उनलाई डिसेम्बर १८ सम्म बस्न अनुमति दिइएको थियो । प्रहरी आयुक्त जोएल एन्थोनी भियादोले पाठकको पक्राउ फिलिपिनो राष्ट्रपतिको स्पष्ट निर्देशनअनुसार गरिएको बताएका छन् ।
प्रहरी अनुसन्धानमा पाठक विदेशमा गम्भीर सुरक्षासम्बन्धी गतिविधिसँग पनि जोडिएको पाइएको छ । उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएको,आर्थिक सहयोगको प्रस्ताव गरेको तथा हतियारमा पहुँच भएको उल्लेख गरिएको छ । फिलिपिन्स प्रहरीले उनीमाथि एक उच्चपदस्थ नेपाली सरकारी अधिकारीमाथि आक्रमणको षड्यन्त्रमा संलग्न रहेको आरोप पनि लगाएको छ ।
अध्यागमन अभिलेखअनुसार पाठक अगष्ट १८, २०२५ मा फिलिपिन्स प्रवेश गरेका थिए । उनलाई डिसेम्बर १८ सम्म बस्न अनुमति दिइएको थियो । प्रहरी आयुक्त जोएल एन्थोनी भियादोले पाठकको पक्राउ फिलिपिनो राष्ट्रपतिको स्पष्ट निर्देशनअनुसार गरिएको बताएका छन् । ‘फिलिपिन्सलाई अन्तर्राष्ट्रिय अपराधीहरूका लागि सुरक्षित आश्रयस्थल बन्न नदिन राष्ट्रपतिले दिएको निर्देशनअनुसार हामी कडा रूपमा काम गरिरहेका छौँ,’ भियादोले भने । ‘सार्वजनिक सुरक्षा वा अन्तर्राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने जो कोहीलाई कानुनअनुसार खोजी,पक्राउ र कारबाही गरिनेछ ।’
पक्राउ परेका पाठकलाई अहिले त्यहाँको हिरासतमा राखिएको छ । उनलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
टिप्पणीहरू