इला होटल सञ्चालन, केबलकारको मर्मत धमाधम

इला होटल सञ्चालन, केबलकारको मर्मत धमाधम

आईएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा निर्मित ‘इला होटल तथा रिसोर्ट’ सञ्चालनमा आएको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा रहेको होटल आजदेखि सञ्चालन भएको हो ।

भदौ २४ गतेको विध्वंशमा क्षति भएको मौलाकाली केबलकार पनि केही दिनमा सञ्चालनमा आउने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । केबलकारको बटम स्टेशनका संरचनाहरु मर्मतसम्भारको अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

‘मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा रहेको इला होटेल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । त्यस्तै, मौलाकाली केबलकारको सेवा पनि अबको केही दिनमै सञ्चालनमा आउनेछ’,उनले फेसबुकमा लेखेका छन्,‘भदौ २४ को घटनामा भएको क्षतिबाट प्रभावित केबलकार बटम स्टेशनका संरचनाहरु मर्मतसम्भार सम्पन्न हुने चरणमा पुगेको छ । हाम्रो प्रयास र प्रतिबद्धता सकेसम्म छिटो सेवा पुनः सुचारु गर्ने र अझ बलियो भएर अघि बढ्ने हो ।’

टिप्पणीहरू