लोबुचे शिखरमा प्रभु
प्रभु बैंकका कर्मचारी बोधकिश्वर लिम्बु ताम्लिङ्गले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । उनले ६ हजार ११९ मिटर उचाइको लोबुचेको शिखरमा प्रभु बैंकको झण्डा फहराएका हुन् ।
हिजो बिहान ७ बजेर १२ मिनेटमा शिखरमा पुगेका लिम्बुले उचाइजन्य स्वास्थ्य समस्या, प्रतिकूल मौसम र शारीरिक तथा मानसिक कठिनाइको सामना गर्दै साहस र दृढसंकल्पका साथ यात्रा पूरा गरेको बताइएको छ ।
‘बैंकिङ सीमाभन्दा पर’ भन्ने नारालाई सार्थक बनाउँदै गरिएको सो आरोहणले बैंकिङ सेवा कुनै सीमामा सीमित नरहेको सन्देश दिएको छ ।
उनको सफल आरोहणसँगै प्रभु बैंक हिमालमा झण्डा फहराउने पहिलो बैंक बनेको छ । बैंक र सहकर्मीहरूले उनको सफलताप्रति बधाई दिएका छन् ।
टिप्पणीहरू