सेवासुविधा कटौतीको पत्रमा घुमाउरो व्यहोरा
अर्थ मन्त्रालयले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रिपरिषद्को निर्णय यथाशीघ्र कार्यान्वयन गर्न भन्दै अर्थले आज पत्र पठाएको हो ।
अर्थका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिम सेवासुविधा प्रदान गर्न तथा कानुनबमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न भनिएको जानकारी दिएका छन् ।
‘कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवासुविधा मात्र प्रदान गर्नु–गराउनुहुन र कानुनबमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवासुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न–गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२–०६–१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्तालयलाई पत्राचार गरिएको व्यहोरा जानकारी गराइन्छ’,विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू