पार्टी अध्यक्ष त्याग्ने बाबुराम पहिलो

पार्टी अध्यक्ष त्याग्ने बाबुराम पहिलो

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्यागेका छन् । आज बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् । 

जेन जी प्रदर्शनमा राजनीतिक दलहरुमाथि पुनर्गठनको दबाब बढिरहेको बेला भट्टराईले पनि पार्टी पुनर्गठनका लागि अध्यक्ष पद त्यागेको बताइएको छ । भट्टराईले फागुनमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत गरेका छन् । 

उक्त प्रस्ताव पारित भएसँगै पार्टी वरिष्ठ उपाध्यक्ष दुर्गा सोब संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी समेत गठन गरिएको छ । हालको अवस्थामा पुराना पुस्ताका नेताहरुले पार्टी अध्यक्ष छाड्ने क्रममा उनी पहिलो बनेका हुन् ।

टिप्पणीहरू