घर्तीमगरको निधनले राप्रपा मर्माहत

घर्तीमगरको निधनले राप्रपा मर्माहत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको छ । 

ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारको क्रममा उनको आज मृत्यु भएको हो । रोल्पाको मिझिङमा जन्मिएका घर्तीमगरले तत्कालीन निर्माण तथा यातायात राज्यमन्त्री, रक्षामन्त्री, उद्योगमन्त्री, आवास तथा भौतिक योजनामन्त्रीलगायत थुप्रै मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए ।

 पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य उनको निधनप्रति राप्रपाले दुःख व्यक्त गरेको छ । प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले मुलुकले एक होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताएका छन् । 

आफ्नो फेसबुकमार्फत उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै उनले लेखेका छन्,‘पुराना राजनीतिज्ञ, राप्रपाका संस्थापक एवं वरिष्ठ नेता, कैयनपटक मन्त्री भइसक्नुभएका रोल्पाका लोकप्रिय नेता बालाराम घर्तीमगरको भर्खरै ललितपुरको बिएण्डबी हस्पिटलमा उपचारका क्रममा दुःखद् निधन भएको छ । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । नेता घर्तीमगरको निधनबाट राप्रपाले एक जना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ ।’
 

टिप्पणीहरू