रसुवाका बाढी पीडितलाई कान्छारामको राहत

रसुवाका बाढी पीडितलाई कान्छारामको राहत

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवाका बाढी पीडितलाई राहतस्वरुप तीन महिनाको तलब दिने घोषणा गरेका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा उनले सांसदको हैसियतमा आफूले पाउने तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषलाई प्रदान गर्ने उद्घोष गरेका हुन् । पूर्व उर्जाराज्यमन्त्रीसमेत रहेका तामाङले बाढी पहिरो पीडितहरुको राहत र उद्धारमा सक्रिय भएर लाग्न सरकारको ध्यानाकर्षण पनि गराए । 

हिजो बिहान भोटेकोशी खोलामा आएको बाढीले रसुवागढीस्थित नेपाल-चीन नाकाको मितेरी पुल, भन्सार कार्यालयको र्‍याड, रसुवागढी हाइड्रोपावर लगायतमा ठूलो भौतिक क्षति गरेको छ । चिनियाँ नागरिक र सुरक्षाकर्मीसहित डेढ दर्जन मानिस बाढीमा वेपत्ता छन् ।

टिप्पणीहरू