चीन घुम्न चाहने ताइवानीलाई निःशुल्क स्वागत
चीनले ताइवानबाट पहिलो पटक मुख्यभूमि घुमघाम गर्न आउनेलाई निःशुल्क यात्रा अनुमति दिने भएको छ ।
यो व्यवस्था आगामी जुलाई १ तारिखदेखि सन् २०२७ को डिसेम्बर ३१ सम्म लागु हुनेछ ।
चिनियाँ राज्य परिषदको ताइवान मामिला कार्यालयका प्रवक्ता चु फेंगलियनलाई उद्धृत गर्दै समाचार समिति सिजिटिएनले पहिलो पटक चीनको मुख्यभूमि घुम्न चाहने ताइवानबासीहरुलाई उक्त सुविधा घोषणा गरिएको जनाएको छ ।
चीनको अर्थ मन्त्रालय,राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र आगमन तथा गमन प्रशासनले ताइवान र मुख्यभूमिबीचको आदानप्रदान एवम् सहयोग बढाउने उध्देश्यले उक्त निर्णय गरेका हुन् । यसका लागि चीनको राष्ट्रिय अध्यागमन प्रशासनले विशेष नीति तर्जुमा गरेर छिट्टै लागु गर्नेछ ।
कलाको शहरबाट चाइना चियाइँदै
टिप्पणीहरू