कलाको शहरबाट चाइना चियाइँदै

ललितपुरको केन्द्र मंगलबजारमा आज मंगलबार बिहानदेखि ८५ वटा तस्विर प्रदर्शनीमा राखिए।
पुल्चोकबाट ग्वार्को ओहोरदोहोर गर्नेहरु समेत यसो सवारी साधन रोक्दै फोटो खिच्थे भने मंगलबजार क्षेत्रमा घुमिरहेका स्थानीय तथा विदेशी पर्यटकहरुले तस्विर प्रदर्शनी अवलोकन गर्दै थिए । विदेशीहरु आफ्नै शैलीमा तस्विरको अवलोकन गर्दै थिए भने स्वदेशी पर्यटक छिमेकी देश चिनको सिजाङ प्रान्तका संस्कृति र विकास देखेर चकित पर्थे ।
छिमेकी देशको विकाससँग आफ्नो देश वा स्थानीय अवस्थासँग दाँज्दै कहिले यस्तो विकास होला भनेर आशा र आश्चर्य मिसाउँथे ।
पाटन दरवार स्क्वायरमा प्रदर्शनीमा राखिएको पोताला दरवारको तस्विरसँग पाटनको मल्लकालीन दरवारलाई दाँज्थे भने ल्हासा सिगात्से एक्सप्रेस वे लगायत सडक विकासका तस्विर हेर्दै ग्वार्कोको सडकका चर्चालाई दाँज्थे । स्थानीय तथा स्वदेशी पर्यटकले पाटनमा मंगलबार गरिएको तस्विर प्रदर्शनीबाट चिनको सिजाङ प्रान्तको संस्कृति तथा विकास प्रत्यक्ष अवलोकनको अनुभूती गरेका छन् ।
नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका अवसरमा शनिवार आयोजित साँस्कृतिक सप्ताहअन्तर्गत नै सन्चालित तस्विर प्रदर्शनी पाटन दरवार स्क्वायरमा मंगलबार आयोजना गरिएको हो । सिजाङ इन्टरनेशनल कम्युनिकेसन सेन्टर र नेपाल चाइना मिडिया फोरमको संयुक्त आयोजनामा तस्विर प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।
टिप्पणीहरू