मख्ख नपरे हुन्छ, झिल्को डढेलो हुन्छ ?

मख्ख नपरे हुन्छ, झिल्को डढेलो हुन्छ ?

राजावादीहरूले तत्कालका लागि मैदान खाली गरे भन्दै सरकारी नेताहरूले खुशी मनाउनु भन्दा भदौं महिनासम्म असन्तुष्ट जनतालाई रिझाउने अवसर पाएका छौं भनी सोही बमोजिम तयारीको मौका आएको छ ।

सरकारको कामकारवाहीका कारण असन्तुष्ट जमातले काठमाडौंका मेयर बालेन्द्र साह, धरानका हर्क साङ्पाङ र रवि लामिछानेको कार्यशैली र नियती पनि राम्रैसँग झेलिसकेका छन । त्यसैले जनअसन्तुष्टि बढाउँदै लैजाउनुभन्दा घमण्डको भाषा नबोली सर्भिस डेलिभरिमार्फत् घटाउनु जरुरी छ ।

अन्यथा भुसको आगोले जंगल डढाउन बेर लाग्दैन । २०५१ सालमा प्रचण्डले थालेको विद्रोह धान्न मुलुकलाई हम्मे परेर बेलायत र अमेरिका समेत गुहार्नु परेको थियो । ज्ञानेन्द्रले राजावादीहरूलाई जतिसुकै  नजिक ल्याए पनि पारसले कुकुरको सिरानी हालेको, बम भोले शंकर भन्दै पोखरातिर घुमिरहेको टिकटकहरुमा छ्याप्छ्याप्ती छ ।

यसमा दुर्गा प्रसाईंहरूको पनि हात हुने नै भयो । ५ वर्षभित्र नौलो तवर काम गर्छु भन्दै कोही पात्र पैदा भयो भने २०८४ मा कांग्रेस र एमालेले अनपेक्षित परिणाम भोग्न नपर्ला भन्न सकिन्न । किनभने यी दुवै दल मिलेर बनाएको सरकारप्रति जनताले असन्तुष्टि पोखिरहेकै छन् ।

 

टिप्पणीहरू