नोटमा पृथ्वीनारायण

नोटमा पृथ्वीनारायण

बंगलादेशको नोटबाट राष्ट्रपिता शेख मुजिबर रहमानको फोटो हटाइएछ । नेपालमा चाहिँ राष्ट्रनिर्माता भनिएका पृथ्वीनारायण शाहको फोटो राख्नुपर्‍यो भन्ने माग हुन थालेको छ । माग पनि कसले गरेको ? कट्टर गणतन्त्रवादीले । 

इतिहासमा पढिएकै कुरा हो, पृथ्वीनारायण शाह साह्रै बलिया राजा थिए । लडाईं झगडा गर्ने भनेपछि कहिल्यै पछि नहट्ने । अब उनै पृथ्वीनारायण शाहको फोटो हालेपछि नेपाली नोट पनि बलियो हुन्छ भन्ने ठानिएको हो कि ?

अहिले नेपाली नोट साह्रै कमजोर भएको अवस्था छ । देशमा विकास छैन । युवाहरू विदेश गएको गयै छन् । त्यसैले अर्थतन्त्र बलियो छैन । अर्थतन्त्र बलियो नभएको कारणले नोट कमजोर छ । अब यही कमजोर नोटलाई बलियो बनाउने उपाय स्वरूप पो पृथ्वीनारायण शाहको फोटो होल्ने कुरा आएको हो कि ? देशको नोट त खत्तमै छ । अत्यन्त कमजोर छ ।

सरकारको ताल यस्तै छ । यो तालले त जे गरे पनि नेपाली नोटलाई बलियो बनाउन सकिँदैन । त्यसैले पृथ्वीनारायण शाहको फोटो हालेर नोटलाई बलियो बनाउने सर्टकट बाटो पो खोजिएको हो कि ?

 
 

टिप्पणीहरू