बाजुराको बम्का बजारमा दुई दर्जन पसल खरानी, आगो नियन्त्रणमा लिने प्रयास

बाजुराको बम्का बजारमा भीषण आगलागी भएको छ । बुढीगंगा नगरपालिका–६ स्थित उक्त बजारमा आगलागी हुँदा २० भन्दा बढी पसल खरानी भएका छन् ।
आगो पूर्ण रुपले नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जनआस्थालाई जानकारी दिए । उनका अनुसार ग्यास सिलिण्डर पडकिएर आगलागी भएको हो । कुनै मानवीय क्षति भने भएको छैन ।
त्यसक्षेत्रमा काठको ढेप्री, बाँसको टहरामा बनाइएका पसलहरु धेरै रहेको पनि डिएसी हवारीले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
टिप्पणीहरू