विद्यार्थी नेताहरुलाई बालुवाटारमा निर्देशन : निर्णय पालना गर्नू,झापामा तयारी थाल्नू

विद्यार्थी नेताहरुलाई बालुवाटारमा निर्देशन : निर्णय पालना गर्नू,झापामा तयारी थाल्नू

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशन पर्सि आइतबार कीर्तिपुरमा उद्घाटन हुँदैछ । एमालेको ५२ औं सचिवालय बैठकले अखिलमा उमेरहद लगाएपछि १७ पदाधिकारीमध्ये अध्यक्ष समिक बडालसहित १२ जना पदाधिकारी एकैपटक बिदा हुने अवस्था बनेको छ ।

अधिवेशनको सन्दर्भ पारेर हिजो राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुका पदाधिकारी तथा पूर्व अध्यक्षहरुसँग सामूहिक भेटघाट गर्दै दुई वटा सन्देश दिनुभएको बताइन्छ । राति बालुवाटार पुगेका एक पदाधिकारीले प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै भने, ‘स्ववियु निर्वाचनले नै अखिलमा उमेर करेक्सन गरेर अघि बढ्ने सन्देश दिएको हुँदा,पार्टीले त्यो विषय सोचिरहेको थियो,तपाईंहरुले पनि लामो समयदेखि बहस गर्दै आउनुभएको थियो । पार्टीले निकै सोच विचार गरेर यो निर्णय गरेको छ । यसको विपक्षमा लाग्ने वा दायाँबायाँ नगर्नू ।’

२८ वर्ष उमेर हदबन्दी भएको अवस्थामा थप २ वर्ष संगठनमा काम गर्ने र २ वर्ष कुलिङ पिरियड जस्तो हुने हुँदा पार्टीले त्यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले अखिलका पूर्व अध्यक्षहरुले यसो साउती गरेको सुनिन्छ भन्दै भन्नुभयो, ‘पार्टीले गरेको निर्णय उल्टिँदैन । उक्त निर्णयलाई कार्यान्वयन गर्न लाग्नू,अनावश्यक चलखेलमा समय खेर नफाल्नू ।’ स्ववियुमा २८ वर्ष उमेर हदबन्दी भएको अवस्थामा थप २ वर्ष संगठनमा काम गर्ने र २ वर्ष कुलिङ पिरियड जस्तो हुने हुँदा पार्टीले त्यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

उमेरहदको विपक्षमा अखिल महासचिव नरेश रोकायसहितले पार्टी निर्णयविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि ओली आक्रोशित हुनुभएको बताइन्छ । उमेरहदका कारण सचिवबाट बाहिरिँदै गरेका मनोज ताम्लीलाई २०८४ को लागि झापामा गएर तयारी गर्न सुझाव समेत दिइएको छ । ताम्ली प्रधानमन्त्रीको गृहजिल्ला झापाका हुन् ।

अखिलमा उमेरहद किन लगाउनुपरेको भन्ने विषयमा जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल र अनेरास्ववियु अध्यक्ष समिक बडालले बिफ्रिङ गरेका थिए ।

टिप्पणीहरू