फिनल्याण्डबाट तीन दशकपछि घर फर्के विश्वविख्यात चिनियाँ गणितविज्ञ
विश्वका विभिन्न मुलुकमा रहेर नाम कमाएका,पेशामा दक्ष कहलिएका चिनियाँ विज्ञहरु धमाधम घर फर्कन थालेका छन् । अमेरिका,अष्ट्रेलियाबाट झैँ पछिल्लो पटक फिनल्याण्डका चर्चित गणित विज्ञ चोङ सिआओ उताको सबै जिम्मेवारी छाडेर चीन पुगेको बताइन्छ ।
हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टका अनुसार उनी चीनको उदीयमान क्षेत्र कृत्रिम बौद्धिकता (एआई) मा काम गर्न आएका हुन् । उनी गणित विषयमा पदक विजेतामध्येका एक हुन् । चोङ फर्केपछि चीनको कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानले थप उचाई लिने बताइएको छ ।
प्राप्त समाचारअनुसार चोङ फिनल्याण्डको निकै महत्वपूर्ण मानिने विज्ञान तथा मानविकी प्रतिष्ठानको वाइसाला पुरस्कारबाट हालै सम्मानित भएका थिए । उनी अहिले सन यात्सेन विश्वविद्यालयमा आवद्ध भइसकेका छन् ।
यसअघि नशा वैज्ञानिक तथा निन्द्रा विशेषज्ञ तान याङ पनि चीन फर्किएकी थिइन् । सन् १९८० को दशकमा एआई अध्ययन गरेका प्रोफेसर तथा सिड्नीस्थित टेक्नोलोजी विश्वविद्यालयका भूतपूर्व उप उपकुलपति चाङ चङ्छी पनि सेन्जेनस्थित अनुसन्धान इन्स्टिच्युटमा आवद्ध भइसकेका छन् ।
टिप्पणीहरू