धनकुटा बस दुर्घटना अपडेट : एकको मृत्यु, १४ जना घाइते

धनकुटामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु र १४ जना घाइते भएका छन् । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ जाँदै गरेको को.१ख २१७७ नम्बरको बस दुर्घटनामा धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्णकुमारी भुजेलको मृत्यु भएको छ ।
घाइेतमध्ये केहीलाई धनकुटा जिल्ला अस्पताल र केहीलाई धरान लगिएको छ । प्रहरीका अनुसार घाइतेहरुको परिचय खुलेको छ । भोजपुरको षडानन्द नगरपालिका १३ का २० वर्षीय सूर्यमणि तामाङ, ११ वर्षीय अनमोल तामाङ र सुनसरीको बराहक्षेत्र नगरपालिका २ का ४८ वर्षीय कृष्ण राउत घाइते छन् ।
भोजपुरको पौवादुम्बा गाउँपालिका ३ का ८० वर्षीय गंगाप्रसाद सापकोटा, भोजपुरकै भोजपुर नगरपालिका ११ कि २४ वर्षीया सविना बराइली र ६० वर्षीया देवी विक पनि दुर्घटनामा घाइते भएका छन् । घाइतेमा बस चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का ५१ वर्षीय रुद्र तामाङ, धनकुटाको साँगुरीगढी गाउँपालिका ६ का ६० वर्षे हंशबहादुर राई, भोजपुरको षडानन्दा नगरपालिका ११ कि ५० वर्षीया पूर्णमाया तामाङ हुन् ।
इटहरी उपमहानगरपालिका ४ का १७ को आयुष राई, ४५ वर्षीय कराजकुमार राई, धनकुटा नगरपालिका ६ का ३४ वर्षे धनकुमार विक, भोजपुर नगरपालिका १३ का ५८ वर्षे लीलाबहादुर श्रेष्ठ र धनकुटाको साँगुरीगढी गाँउपालिका ६ कि ६० वर्षीया दीर्घमाया राई घाइते छन् ।
टिप्पणीहरू