रात्री सहमतिपछि शिक्षक आन्दोलनको स्वरुप फेरिँदै

रात्री सहमतिपछि शिक्षक आन्दोलनको स्वरुप फेरिँदै

राजधानीको सडकमा आन्दोलनरत शिक्षकहरुले शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलनलाई सांकेतिक रुपमा जारी राख्ने भएका छन् । अन्य मागका हकमा सरकारसँग सहमति जुटे पनि संसदबाट ऐन जारी नहुँदासम्म विभिन्न स्वरुपमा आन्दोलन जारी राख्नुपर्ने नेतृत्वको निश्कर्ष छ ।

९ बुँदे मागमध्ये ऐन मुख्य हो । ठूलो आर्थिक भार थपिनेबाहेक अन्य माग आंशिक रुपमा पूरा गर्न सरकार र प्रमुख राजनीतिक दलका नेताहरु सहमत छन् ।

"उता ललितपुरलगायत विभिन्न पालिकाले सार्वजनिक बिद्यालयहरुलाई केटाकेटीको भविष्यसङ्ग खेलबाड नगरी पठन पाठन यथाशीघ्र सुचारु गर्न निर्देशन दिएको अवस्था छ । प्लस २ को परीक्षामा धक्का र निजी बिद्यालयले आन्दोलनको लाभ उठाउने परिस्थितिका वीच आन्दोलनरत शिक्षकहरुमा पनि यसको साइड इफेक्ट अनुभूत हुँदै गएको देखिन्छ । उता आन्दोलनको इपिसेन्टरका रुपमा चिनिने सँघीय राजधानीका मेयर बालेन साह भने यस्तै यस्तै परिस्थितिमा पूर्णतया गैह्रजिम्मेवार बनी बेपत्ता भएर बसेकोसमेत पाइएको छ ।"

आन्दोलनरत शिक्षक संगठनका एक जना नेताले बताए, ‘हाम्रा माग पूरा भए कक्षाकोठामा फर्कन तयार छौं । तर,ऐन जारी नभएसम्म आन्दोलन चलिरहने छ । स्वरुप मात्रै परिवर्तन हुने छ ।’

उता ललितपुरलगायत विभिन्न पालिकाले सार्वजनिक बिद्यालयहरुलाई केटाकेटीको भविष्यसङ्ग खेलबाड नगरी पठन पाठन यथाशीघ्र सुचारु गर्न निर्देशन दिएको अवस्था छ । प्लस २ को परीक्षामा धक्का र निजी बिद्यालयले आन्दोलनको लाभ उठाउने परिस्थितिका वीच आन्दोलनरत शिक्षकहरुमा पनि यसको साइड इफेक्ट अनुभूत हुँदै गएको देखिन्छ । 

उता आन्दोलनको इपिसेन्टरका रुपमा चिनिने सँघीय राजधानीका मेयर बालेन साह भने यस्तै यस्तै परिस्थितिमा पूर्णतया गैह्रजिम्मेवार बनी बेपत्ता भएर बसेकोसमेत पाइएको छ ।

 

टिप्पणीहरू