जेलदेखि जेलसम्म

जेलदेखि जेलसम्म

आखिर पूर्वगृहमन्त्री श्री रवि लामिछाने जेल परेरै छाड्नुभयो । गृहमन्त्री हुँदा उहाँले त्यति जेल भ्रमण गर्न पाउनुभएको थिएन । त्यतिबेला उहाँ बढी त पासपोर्ट छपाइको ठेक्कामै व्यस्त हुनुभयो । त्यसैले त्यति बढी जेल जान पाउनुभएन ।

अहिले फुर्सद मिलेको छ । मजाले मौका पाइरहनुभएको छ । यो त एउटा अदालतले दिएको जेल सजायँ हो । अरु अदालत बाँकी नै छन् । यो सहकारीको मात्रै सजायँ हो । सांगठनिक अपराध, पैसा अपचलन आदि मुद्दा पनि बाँकी नै छन् । अझ दुइटा पासपोर्टवाला पुरानो मुद्दालाई त छोएकै छैन । यो सबै मिलाउँदा रास्वपामा डा. स्वर्णिम वाग्लेको पो स्वर्णिम दिन नजिक आउलाजस्तो छ ।

स्वर्णिम वाग्ले, नामुद अर्थशास्त्री । अनिलकेशरी शाह, नामुद बैंक व्यवसायी । अनि उहाँहरूको नेता, सहकारी ठगीको नामुद नाइके । कहाँ पुगेका होलान् वाग्ले र शाह ? यी वाग्ले र शाह, जीवनभर दुनियाँलाई आर्थिक अनुशासन र आर्थिक नियम सिकाउँदै हिँडे, अन्तिममा आएर सहकारी डनको बचाउ गर्दै हिँड्नुपरिरहेको छ । राजनीतिको बाटो सीधा हुँदैन, घुमाउरो हुन्छ भन्थे । हो कि क्या हो ?
 

टिप्पणीहरू